सानिमा लाईफको आईपीओमा १४ लाख ९५ हजार बढिले दिए आवेदन, कहिले सम्म दिन सकिन्छ ?

४ बर्ष अगाडि

काठमाडौं - सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा १४ लाख ९५ हजार बढिले आवेदन दिएका छन् । 

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार बिहीबार साँझसम्म १४ लाख ९५ हजार ३ सय ८९ जना आवेदकबाट २ करोड ३८ लाख ११ हजार ७ सय १० कित्ताका लागि आवेदन दिएका छन् । यो संख्या सर्वसाधारणका लागि माग गरिएको भन्दा ४.४० गुणा बढी हो । 

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।

कम्पनीको उक्त आईपीओमा छिटोमा साउन २४ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया