काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर पक्षलाई पुनः पार्टीमा फर्कन आग्रह गरेका छन् ।
उनले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै आधिकारिकता विवाद समाधानका क्रममा बाहिर रहेकालाई पुनः पार्टीमै फर्कन अपिल गरेका हुन् ।
महन्थ ठाकुरले भने निर्वाचन आयोगले यादव पक्षलाई दलको मान्यता दिनुले आफूहरु मर्कामा परेको भन्दै सर्वोच्च अदालतमा रिट हालेका छन् ।
रिटमा बुधबार सुनुवाइ गर्दै अदालतले १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको छ ।

प्रतिक्रिया