आर्कषक तलवका साथ यूएईले माग्यो २०० नेपाली कामदार, कति छ तलव ?

४ बर्ष अगाडि

यूएईको एक कम्पनीले नेपाली पुरुष कामदारको माग गरेको छ ।  Star Secerity Services LLC कम्पनिले सेक्युरेटी गार्डका लागी २०० जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कम्तिमा SLC पास साथै अंग्रेजी लेख्न बोल्न, पढ्न सक्ने, उमेर २२ देखि ४० बर्ष ननाघेको  कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ६४ हजार  रहेको छ भने ओभर टाइमको ७७० एइडी रहेको छ ।  इच्छुक कामदारले  Staris HR Services को कार्यलय सामाखुसीमा  साउन २७ गते र सुनसरी, चितवन,पोखरा,सामाखुसी,बिर्तामोड,बुटबल,बाँकेमा साउन २७ गते देखि भदौ १ गते सम्ममा अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च ,भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैैले बेहोर्नेु पर्नेछ । 

यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्ने छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया