विश्वका अधिकांश फुटबल प्रेमीलाई लाग्छ । अर्जेन्टिनामा सुपर स्टार एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सी फुटबलमा किर्तिमान बनाउन जन्मिएका हुन् ।
मैदानमा उनको सफलता र उनले पाएको ब्यक्तिगत उपलब्धिले यसलाई पुष्टी गर्दै गएको छ । मेस्सी र पूर्व रियल म्याड्रि«ड (हाल युभेन्ट्स) का पोर्चुगिज स्टार क्रिस्टीयानो रोनाल्डोबीच को ठूलो ? भन्ने होडबाजी हरेक दिन चल्छ ।
प्राय होडबाजीमा मेस्सीले नै बाजी मारिरहेका छन् । बास्तवमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउने एउटा सपना बाहेक ३१ बर्षीय मेस्सीको अहिलेसम्म सबै सपना पूरा भएको छ ।
मेसीले मंगलबार मात्र सन् सन् २०१७÷१८ मा युरोप फुटबल लिगको गोल्डन बुट अवार्ड जितेका छन् । युरोपका शीर्ष पाँच लिग मध्ये सर्वाधिक गोल गर्ने खेलाडीको यस अवार्ड मेस्सीले पाँचौं पटक जित्दै किर्तिमान समेत बनाए । यस अवार्ड यसअघि मेसीसँगै चारपटक रोनाल्डोले जितेका थिए । गत सिजन सर्वाधिक ३४ गोल गर्दै मेस्सीले किर्तिमानमा रोनाल्डोलाई उछिनेका हुन् ।
मेस्सीलाई मंगलबार यस अवार्ड प्रदान गरिएको छ । मेस्सीकै उत्कृष्ट प्रदर्शनमा गत सिजन बार्सिलोनाले स्पेनिस ला लिगा उपाधि जितेको थियो । मेस्सीले गत सिजन प्रिमियर लिग, इटालियन सिरिए, बुन्डेस लिगा, फ्रेन्च लिग वानका खेलाडीले भन्दा ला लिगामा बढी गोल गरेका थिए ।
मेस्सीले यसअघि सन् २००९÷१०, २०११÷१२, २०१२÷१३, २०१६÷१७ मा पनि यो अवार्ड जितेका थिए । रोनाल्डोले यसअघि सन् २००७÷०८, २०१०÷११, २०१३÷१४ र २०१४÷१५ मा यस अवार्ड जितेर अवार्ड संख्या चार पुर्याएका थिए ।
प्रतिक्रिया