काठमाडौं - नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठकमा नेताहरु सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् ।
कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण उनीहरु बैठकमा सहभागी नभएको बताइएकोे छ । माधव नेपालको सचिवालयले पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको बताइएको हो ।
नेपाल समूहका भरपर्दा नेता मानिने पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा पनि सदन बहिस्कार गरेर हिँडेका थिए भने योगेश भट्टराईले चाहिँ सर्वोच्च अदालतमा सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको निवेदनमा पनि हस्ताक्षर गरेका थिएनन् ।
भट्टराईले पार्टी एकताका लागि आफू मध्यमार्गी भूमिकामा रहने बताउँदै आएका छन् । नेपाल पक्षले आज केन्द्रीय समितिको बैठक बोलाएको हो भने त्यसअघि स्थायी समिति बैठक चलिरहेको छ ।
प्रतिक्रिया