काठमाडौं - संखुवासभा संखुवासभाको चैनपुर नगरपालिकाबाट मोटरसाइकल चोरी गर्ने गरेको गिरोहलाई पक्रउ परेका छन् । इलाका प्रहरी कार्यालय चैनपुरले बुधबार मोटरसाइकल चोरी गर्ने गिरोहका दुई जनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका-२ का २० वर्षीय सुमन कार्की र चैनपुर नगरपालिका-३ का २१ वर्षीय सन्देश शेर्पा रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएकोे छ ।
ती दुई व्यक्तिबाट ६ थान मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । गिरोहले केही महिना अघिदेखि चैनपुरका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर सस्तो मूल्यमा बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
जसमध्ये ५ थान पल्सर मोटरसाइकल, एक थान यामाहाको रहेको इलाका प्रहरीले कार्यालय चैनपुरले जनाएको छ ।
चोरी भएका ६ वटै मोटरसाइकल इलाका प्रहरी कार्यालय चैनपुरले तेह्रथुम जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको प्रहरीले जनाएकोे छ । v
प्रतिक्रिया