झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मदजूर कर्मचारीले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेको हुन् । ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको जानकारी दिए ।
उनले भने, “खोप नलगाएसम्म जोखिम मोलेर काम गर्न सकिँदैन ।” खोपका लागि मजदूर कर्मचारीको नामावलीसहित कनकाई नगरपालिकामा निवेदनसमेत पेश गरिएको उनले जानकारीदिए ।
सो सडक खण्डको निर्माणमा १३० मजदूरकर्मचारी नियमित काम गरिरहेका छन् । करिब १० महिना अघि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अमरपथ सडक खण्डको शिलान्यास गर्नुभएको थियो । उक्त सडकको लम्बाइ सुरुङदेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटरे छ ।
पूर्वाधार विकास कार्यालयबाट निर्माण हुन लागेको सडकको लागत रू एक अर्ब चार करोड रहेको छ । दुई खण्डमा निर्माण हुन लागेको पहिलो खण्ड ७ दशमलव ८ किलोमिटरको रू ४७ करोडमा कनकाई आशिष जेभी र दोस्रो १८ किलोमिटर सडकखण्डको तुँदी रोशन मैनाचुली जेभीले रू ५७ करोडमा लिएको छ ।
विसं २०७६ भदौ १६ गते ठेक्का सम्झौता भएको उक्त सडकको निर्माण कम्पनीले विसं२०८० भदौ १५ गतेभित्र गरिसक्नुपर्नेछ ।
यस्तै गुल्मीमा गएराती ट्याक्टर दुर्घटनामा परेर चालकको ज्यान गएको छ । सत्यवती गाउँपालिका–६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक रुरुक्षेत्र गाउँपालिका–५ का ३३ वर्षीय दीपक माझीको मृत्यु भएको हो । जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको ट्याक्टर सडकदेखि १५ ÷२० मिटर तल खसेको, थियो ।
चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
त्यस्तै बुधबार दिउँसो सोही गाउँपालिका ४ ढाँडागैरा भन्ने स्थानमा लु २ च १४६८ नम्वरको जिप दुर्घटना हुँदा ५ जना सामन्य घाईते भएको डिएसपी पाण्डेले बताए ।
प्रतिक्रिया