नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ का महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सुरक्षार्थ आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण पुनःशुरुआत गरेको छ ।
दि कोकाकोला फाउण्डेशनसँगको साझेदारीमा सोसाइटीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु तथा नेपाल मेडिकल एशोसिएशनलाई मास्क, पञ्जा तथा स्यानिटाइजरलगायतका सामग्री वितरण गरेको हो ।
हस्तान्तरित सामग्री १२ हजार ५०० सर्जिकल मास्क, पाँचहजार पञ्जा, ९६० बोतल स्यानिटाइजर छन् । कोरोनाको पहिलो लहरमा पनि ती दुई संस्थाका सहकार्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ती सामग्रीसहित सात भेन्टिलेटर वितरण गरिएको सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले जानकारी दिए ।
नेपाल रेडक्रस, आइएफआरसीको मुख्यालय जेनेभा तथा विभिन्न देशमा रेडक्रसको देशीय निर्देशक भइ मानवीय सेवामा लामो अनुभव सम्हालेका अर्यालले भने , “महामारी रोमथामको एकमात्र उपाय खोपनै हो । खोप उत्पादन गर्ने देशबाट धेरैभन्दा धेरै मात्रा खोप ल्याई सङ्कटासन्न समुदायका पहुँचमा खोप पु¥याउन मैले प्राथमिकता दिएको छु ।यसका लागिखोप उत्पादक देश अमेरिका, चीन र बेलायतले आफ्ना रेडक्रसमार्फतनेपाल रेडक्रसलाईनिःशुल्क खोप प्रदान गर्न शुरुआत गरेका छन् । चिनियाँ रेडक्रसमार्फत नेपाल रेडक्रसलाई एकलाख मात्रा खोप आउँदैछ ।”
सोसाइटीले महामारीको शुरुआती चरणदेखि यसका रोकथाममा उच्च प्राथमिकता दिई समुदायमा काम गरिरहेको छ । उसले आफ्ना अधिकांश कार्यक्रमलाई महामारी नियन्त्रणमा लगाएको छ ।मास्क, स्यानिटाइजर, पिपिइ, शव व्यवस्थापन झोला, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई तालिम तथा कोभिड उपचारका लागि अस्पतालमा आवश्यक पर्ने सामग्रीसरकारलाई सहयोग गर्दै आएको छ । साथै कोभिडबाट जोगिने उपायका बारेमा जनचेतना,क्वारेन्टिन तथा होल्डिङ सेन्टर, मनोसामाजिक परामर्श, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग तथाआवश्यक ब्ल्याङ्केट, तारपोलियन र स्वास्थ्य तथा सरसफाइका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराएको थियो ।
प्रतिक्रिया