भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी

७ बर्ष अगाडि

काठमाडौं– बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । 

सीआईबीले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत ४ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । 

बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड रुपैयाँ राजश्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रहरीका अनुसार उनीहरुले कम्पनीमार्फत २ अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए । तर एकरुपैयाँ पनि कर तिरेका थिएनन् । 

आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया