प्रि ओपन सेसनमा ७ अंकले बढ्यो नेप्से

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १२.०५ अंक बढेर ३१२३.१४ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ७.०९ अंक बढेर ३१३०.५४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.६९ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ७८ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ५९ कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया