काठमाडौं, मानकामना स्मार्ट लघुवित्तको कारोबारमा आएको पहिलो दिन बुधबार दिनभरमा जम्मा २० कित्ता शेयर मात्र कारोबारमा आएको छ । कारोबारको पहिलो दिन प्रि ओपनिङ्गमा १० कित्ता शेयर कारोबार भएर सुरु भएको कम्पनीको शेयर चार घण्टाको नियमित समयमा थप १० कित्ता मात्र कारोबारमा आएको हो ।
स्पेशल प्रि ओपन सेसनमा कम्पनीको १० कित्ता शेयर २९६.७० रुपैयाँमा कारोबार भएको थियो ।
नेप्सेले मनकामना स्मार्ट लघुवित्तको पहिलो कारोबारका लागि प्रतिशेयर न्यूनतम नेटवर्थ ११०.८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो । कम्पनीको भने कारोबार रेञ्जको बीचमा खुलेको हो ।
धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि कम्पनीले साउन १७ गते आइतबार धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत गरेको थियो । जसमध्ये कम्पनीले सर्वसाधारणमा चुक्ता पूँजीको ३२ प्रतिशत बराबर अर्थात ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री गरेको थियो ।
प्रतिक्रिया