मन्त्रालयले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा यस वर्ष ‘ह्युमन मिल्क बैक’ स्थापना गर्ने भएको छ । आमाको दूध सङ्कलन गरी शिशुलाई खुवाउनका लागि बैंक स्थापना गर्न थालिएको हो ।
पोषण शाखा प्रमुख पराजुलीले बढी दूध आउने आमाबाट सङ्कलन गरेर शिशुलाई खुवाइने बताए । “आमाले आफ्नो बच्चाभन्दा बढी दूध आउने इच्छुक आमाले बैंकमा गएर दूध दिनेछन्”, उनले भने, “यसरी सङ्कलन भएको दूध आमाको दूध नआउने बच्चालाई दिइने छ ।” उनले बैंकका लागि विभागले रु एक करोड विनियोजन गरिएको जानकारी दिए ।
विश्वमा स्तनपानको अभ्यास सुधार गरिएमा वार्षिक विश्वभर आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिने र रु ३०० अर्ब बचाउन सकिने अध्ययनले देखाएको छ ।
सङ्क्रमित आमाले पनि दूध खुवाउन सक्ने
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा निर्देशक रोशन तुईतुईले कोभिड–१९ को सङ्क्रमण देखिएमा जनस्वास्थ्यका मापदण्ड अपनाएर स्तनपान गराउनुपर्ने बताए । उनले शिशुलाई स्तनपान गराउनुअघि साबुनपानी वा स्यानिटाइजरले हात धुनुपर्ने र मास्क लगाउनुपर्ने जानकारी दिए। उनले आमाको अवस्था गम्भीर भए दूध निचोरेर सफा भाँडामा राखेर चम्चाबाट खुवाउन आग्रह गरे ।
उनले आमाको दूध राम्रो आउनका लागि गर्भावस्थादेखि नै तयारी थाल्नुपर्ने बताए । उनका अनुसार शारीरिक, मानसिक, परिवारको साथ सहयोग ठूलो आधार हुन्छ । प्रोल्याक्टिन र अक्सिटोसिन हर्मोनको दूध बनाउने मुख्म भूमिका रहेकाले गर्भावस्थादेखि नै दूध बनाउने तयारी आमाले गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया