काठमाडौं - लागुऔषध नाइट्रोभेट र गाँजासहित पाँचजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१० बाट दुईजना र मनहरी गाउँपालिका–८ बाट तीनजनालाई पक्राउ गरेको हो ।
बिआरई २८३९ नम्बरको ट्रकबाट १२७ किलो गाजाँसहित तीनजनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतका ३८ वर्षीय राजराज सहनी, १८ वर्षीय राहुल सहनी र वीरगञ्जका ३० वर्षीय रियाजुल अंसारी रहेका छन् ।
त्यसैगरी एक हजार १२५ ट्याब्लेट नाइट्रोभेटसहित हेटौंडा–१३ का १९ वर्षका सुवास गोले र सोही उमेरका सरोज थिङ पक्राउ परेको प्रहरीले जनाएकोे छ ।
प्रतिक्रिया