काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौंमा ९०८ सहित उपत्यकामा १२७९ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये काठमाडौंमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना रहेका छन् । बितेको २४ घण्टामा देशभर ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा ११३२ जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
दुबै विधिबाट जम्मा १६ हजार २९८ जनाको परीक्षण भएकोमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त हुँदा मृत्यु ३५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया