आज नेपालमा कोरोना मुक्त हुने भन्दा संक्रमितको संख्या २६ सयले बढी ,मृत्यु कति ?

४ बर्ष अगाडि

पछिल्लो २४ घण्टामा नेपालमा  ४१ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको  छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको अनुसार पीसीआर विधिबाट ११ हजार ३५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा  ११३२ जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ । दुबै विधिबाट जम्मा १६ हजार २९८ जनाको परीक्षण भएकोमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त हुँदा  मृत्यु ३५ जनाको मृत्यु भएको छ ।

हालसम्म ३९ लाख बढीको कोरोना परीक्षण भएकामा ७ लाख ६७ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ६१ हजार ६५१ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ९५७ पुगेको छ ।

यसअघि मंगलबार देशभर ३३८३ जनामा संक्रमण पुष्टि भएको थियो भने २४ जनाको मृत्यु भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया