नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले केही समय लगत्तै आफुले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरेका छन् । सन्यास घोषणापछि पत्रकार सम्मेलन गर्दै उनले यसका लागि योजना बनाइरहेको बताए ।
उनले भने ‘योजना बनाइरहेको छु । तयारी पूरा भइसकेपछि त्यसको जानकारी तपाईहरुलाई फेरि गराउने नै छु ।’ नेपाललाई एकदिवसीय मान्यता दिलाउन पाउँदा गर्व लागेको पनि बताए । अहिलेका क्रिकेटरहरुमा ठूलो संभावना रहेकाले उनीहरुले नेपाली टोलीलाई थप उचाइमा पु¥याउने खड्काको विश्वास छ ।
अवसर पाएमा राजनीतिमा पनि लाग्नसक्ने उनले बताए । ‘अवसर आयो भने राजनीतिमा लाग्छु । तर पहिले क्रिकेट व्यवस्थापनमै सक्रिय भएर यसलाई एउटा स्तरसम्म पु¥याउने इच्छा छ । यदि, मेरो कारणले देशलाई केही फाइदा हुन्छ भने म राजनीतिमा पनि लाग्नसक्छु,’ उनले भने ।
साथै खेलाडीका रुपमा नेपाली क्रिकेटका लागि सक्दो योगदान गरिसकेकाले क्रिकेट व्यवस्थापनमा नयाँ बाटो खोज्न चाहेको पनि स्पष्ट पारे ।
प्रतिक्रिया