काठमाडौं - मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा गर्ने मिति परिवर्तन भएको छ ।
यसअघि श्रावण २४ गते गर्ने भनिएको उक्त सभा अब भाद्र २ गते कम्पनीको मुख्य कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुने भएकोे छ ।
कम्पनीले (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको थियो । सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धमा विशेष प्रस्ताव पनि पारित गरिनेछ ।
प्रतिक्रिया