आज बिहानै विमलाकुमारी फेरि माओवादी केन्द्रमै

४ बर्ष अगाडि

काठमाडौं, लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली फेरि माओवादी केन्द्रमै अर्थात् ‘भाउजू सांसद’ फेरि माओवादी केन्द्रमै फर्किएकी छन्।

दुईमहिना अघि माओवादी नेत्री तथा पूर्वसभामुख ओनसरी घर्ती र सांसद सुदर्शन बरालमार्फत् ५५ लाख बुझी माओवादीको पक्षमा लागेकी उनी केही दिनअघि एमालेमै फर्किएकी थिइन् ।
 
एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी आज बिहानै फरार भई माओवादी सम्पर्कमा गएकी हुन् ।

उनी माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएको माओवादीका एक नेताले बताएका छन्। ती नेताका अनुसार उनी मुख्यमन्त्री निवास छाडेर पार्टीको सम्पर्कमा आएकी हुन्।

दुई दिनअघि मात्रै विमलाको हस्ताक्षरमा आफू एमालेमै रहेको व्यहोराको प्रेस विज्ञप्ति सार्वजनिक भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया