काठमाडौं, कारोबारको चौथो दिन(बुधबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक १५. अंकले उकालो लागेर ३१२६.१८ को बिन्दुमा पुगेको छ ।
तीन घण्टाको अवधिमा कारोबारमा आएका २२१ ओटा कम्पनीको १ लाख ५ हजार ९४६ पटकको कारोबारमा २ करोड ७ लाख ८६ हजार १२४ कित्ता शेयरको रू ११ अर्ब ४९ करोड ९६ बराबरको कारोबार भएको छ ।
आज २२१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ९९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७९ शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया