टोकियो ओलम्पिकमा चिनियाँ कम्युनिस्ट नेताको ‘ब्याच’ लगाएपछि स्वर्णधारी खेलाडीमाथि अनुसन्धान सुरु

४ बर्ष अगाडि

एजेन्सी - टोकियो ओलम्पिकमा स्वर्ण पदक विजेता दुई खेलाडीमाथि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आईओसी० ले अनुसन्धान थालेको छ। 

खेल भावना विपरीत कार्य गरेको विषयमा साइक्लिङका दुई स्वर्णधारी बाओ सान्जु र शङ टियान्सीमाथि आईओसीले अनुसन्धान सुरु गरेको हो ।

टोकियो ओलम्पिकमा यी दुई जोडीले ट्रयाक साइक्लिङको महिला स्प्रिन्ट टिममा स्वर्ण पदक जितेका थिए । तर, पदक वितरण समारोहमा दुबै खेलाडी चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व नेता माओत्सेतुङको ‘ब्याच’ लगाएर उपस्थित भएका थिए । जसको कारण उनीहरुमाथि अनुसन्धान थालिएको हो ।

ओलम्पिक खेलकुद आयोजना स्थलमा कुनैपनि राजनैतिक, धार्मिक वा जातीयताको बारेमा प्रचार प्रसार र प्रदर्शन गर्न नपाईने ओलम्पिकको नियम रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया