काठमाडौं, बुधबार कारोबारको पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज अपर तामाकोशी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कालिका पावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
अपर तामाकोशीको शेयरमूल्य १० प्रतिशतले बढेर ७६१.२० रूपैयाँ, युनियन लाइफको शेयरमूल्य १० प्रतिशतले बढेर ४३८.९० रूपैयाँ, कालिका पावरको शेयरमूल्य १० प्रतिशतले बढेर ७४८ रूपैयाँ, खानीखोला हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर ३६५.२० रुपैयाँ, र दिब्यश्वरीको शेयरमूल्य १० प्रतिशतले बढेर ३७२.९० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया