यस्तो बन्यो अक्षयकुमारको ‘बेल बटम’ को ट्रेलर !

४ बर्ष अगाडि

अभिनेता अक्षयकुमारको फिल्म ‘बेल बटम’ को ट्रेलर रिलिज भएको छ । ट्रेलर लन्च भएपछि अक्षयकुमारले सोशल मिडियामा फ्यानहरुसँग खुसी साटेका छन् । 

अक्षयले आफ्नो आधिकारीक ट्वीटर एकाउन्टमार्फत यो ट्रेलर शेयर गरेका छन् । ‘ठूलो पर्दाको जादू फेरि एकपटक लिएर आउदैछु, बेल बटमको साथ,’ उनले लेखेका छन् । उनले टिमका सबैलाई ट्याग पनि गरेका छन् । 

यस फिल्ममा अक्षयकुमार राष्ट्रिय चेस खेलाडीको भूमिकामा छन् । 

‘बेल बटम’ कोरोनाकालपछि हलमा रिलिज हुन लागेको पहिलो बलिउड फिल्म हो । फिल्मलाई थ्रीडीमा पनि रिलिज गर्ने योजना छ । १९ अगस्टमा सिनेमा हलमा रिलिज हुने फिल्म अक्षयकुमार र वाणी कपूरसँगै हुमा कुरैशी, लारा दत्त, ज्याक भगनानीलगायत कलाकारले पनि महत्वपूर्ण भूमिका निभाएका छन् ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया