एनआईबीएल एस क्यापिटलको नयाँ योजना : निशुल्क डिम्याट खाता,  १० जना भाग्यशाली विजेतालाई १०० इकाई उपहार !

४ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले ग्राहकको लागि विशेष योजना ल्याएको छ ।

उक्त योजना अनुसार एनआईबिएल एस क्यापिटल लिमिटेडमा हितग्राही खाता निशुल्क खोलिनेछ । हितग्राही खाता (डिम्याड खाता) खोल्ने ग्राहकहरुलाई गोलाप्रथाद्वारा मासिकरुपमा १० जना भाग्यशाली विजेताहरुलाई, नेपालकै पहिलो खुलामुखी योजना, एनआईबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइनेछ ।

एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्नो सेवा प्रवाहलाई झन्झहट रहित सरल एवं सहज बनाउने उद्देश्यसहित हितग्राही खाता खोल्न तथा मेरो सेयर दर्ता अनलाइन प्रणाली मार्फत सहज रुपमा गरिरहेको जनाएको छ ।    

यो योजना आज देखि कार्तिक २० गतेसम्मको लागि लागु हुनेछ ।
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया