सिजी नेटले काठमाडौंका थप ६ ठाउँमा आफ्नो इन्टरनेट उपलब्ध गराउने भएको छ ।
कम्पनीले काठमाडौँका सतुङ्गल, महाराजगञ्ज्, बालाजु र छाउनी, कोटेश्वर र कलंकीमा इन्टरनेट विस्तार गर्न लागेको हो ।
कम्पनीले साउन २३ गते सतुङ्गल, साउन २६ गते महाराजगञ्ज्सा,उन २७ गते बालाजु र छाउनी साउन ३१ गते कोटेश्वर र भदौ ३ गते कलंकीमा नेट विस्तार गर्न लागेको कम्पनिले जनाएको छ ।
उल्लेखित क्षेत्रका उपभोक्ताका घरमा कम्पनीको सेवा जडान गर्न सेवा माग गरिएको २४ घण्टाभित्र उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
कम्पनीले भ्याटबाहेक ९९९ रुपैयाँमै १२० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ । कम्पनीले यसै वर्ष देशैभर आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ ।
वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुनेछ ।
प्रतिक्रिया