काठमाडौं, कारोबारको चौथो दिन(बुधबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक २०.१४ अंकले उकालो लागेर ३१३१.२३ को बिन्दुमा पुगेको छ ।
एक घण्टाको अवधिमा कारोबारमा आएका २११ ओटा कम्पनीको ४० हजार ६१० पटकको कारोबारमा ७४ लाख २३ हजार ९७९ कित्ता शेयरको रू ४ अर्ब ४६ करोड ५९ बराबरको कारोबार भएको छ ।
आज २११ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १२२ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ५२ शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया