काठमाडौं - अबदेखि कोरोनाविरुद्धको खोप लगाउनुपूर्व आफ्नो नाम ‘पूर्वदर्ता’ गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो नियम बनाएको हो ।
खोप केन्द्रहरुमा भिड बढेपछि त्यसलाई व्यस्थित गर्न यस्तो नियम ल्याइएको मन्त्रालयले जनाएको छ । नयाँ नियमअनुसार खोप लगाउन चाहनेले मन्त्रालयको खोप सम्बन्धी आधिकारिक वेबसइट‘भ्याक्सिन डट एमओएचपी डट जीओभी डट एनपी’मा गएर आफ्नो नाम अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ ।
नाम दर्ताको आधारमा लक्षित समूहभित्रका व्यक्तिलाई खोप दिने व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । साथै विदेश जाने नेपाली नागरिकलाई कोरोेना खोप लगाएको क्युआर कोडसहितको विद्युतीय प्रमाण पत्र आजबाट कीर्तिपुरबाट वितरण गरिने छ ।
कीर्तिपुर नगरपालिकास्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट आजबाट विद्युतीय प्रमाण पत्र वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
विस्तारै यो सेवा काठमाडौं उपत्यकाका अन्य स्थान र उपत्यका बाहिरका जिल्लाहरुमा विस्तार गरिने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया