इङ्ल्यान्ड–भारत बीचको पहिलो टेस्ट आज बाट

४ बर्ष अगाडि

इङ्ल्यान्ड र भारत बीचको पाँच टेस्ट शृंखला अन्तर्गत पहिलो टेस्ट आज बाट शुरू हुँदैछ।

 पहिलो टेस्ट नेपाली समय अनुसार अपरान्ह ३ः४५ बजेबाट शुरु हुने  छ।

न्युजिल्यान्डविरुद्ध टेस्ट च्याम्पियनशिप फाइनलमा पराजय भोगेको भारत यस शृंखलामा भने जितको लागि उत्रनेछ। 

 इङ्ल्यान्डले २०१८ मा भारतलाई भारतमै ४–१ ले हराएको थियो। तर यसै वर्षको सुरूमा भारत भ्रमण गर्दा इङ्ल्यान्ड ३–१ ले हारेको थियो। 

इङ्ल्यान्डको टिममा जो रुट (कप्तान), रोरी बर्न्स, डोम सिवले, ज्याक क्रली,  जोनी बेरस्टो, जोस बटलर, स्याम करन, ओली रोबिनसन, स्टुवार्ट ब्रोड, ज्याक लिच, जेम्स आन्डरसन रहेका छन् ।

भारतको टिममा विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, चेतेश्वर पुजारा, अजिंक्य रहाने, ऋषभ पन्त, रविन्द्र जडेजा, रवि आश्विन, इशान्त शर्मा, मोहम्मद शमी, जसप्रित बुम्राह

 

४ बर्ष अगाडि

प्रतिक्रिया