मनकामना स्मार्ट लघुवित्तको पहिलो कारोबार कतिमा ?

४ बर्ष अगाडि

काठमाडौं, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सोमबार कारोबार हुनपर्नेमा तेस्रो दिन बुधबार आएर मात्र पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपन सेसनमा कम्पनीको १० कित्ता शेयर २९६.७० रुपैयाँमा कारोबार भएको छ ।

नेप्सेले मनकामना स्मार्ट लघुवित्तको पहिलो कारोबारका लागि प्रतिशेयर न्यूनतम नेटवर्थ ११०.८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो । कम्पनीको भने कारोबार रेञ्जको बीचमा खुलेको हो ।

धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि कम्पनीले साउन १७ गते आइतबार धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत गरेको थियो । जसमध्ये कम्पनीले सर्वसाधारणमा चुक्ता पूँजीको ३२ प्रतिशत बराबर अर्थात ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री गरेको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया