काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १६ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार २६.०२ अंक बढेर ३१११.०९ विन्दुमा बन्द भएको नेप्से, यस दिन प्रि ओपन सेसनमा १५.८९ अंक बढेर ३१२६.९९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.८५ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ७३ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ६२ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया