सञ्चालनमा आएको ४ दिनमै पुनः बन्द भयो ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना

४ बर्ष अगाडि

काठमाडौं - सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको ४ दिनमै पुनः बन्द भएको छ । 

शनिवारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको ६६ केभीको ३२ र ३३ नं टावरमा आइतवार राति क्षति पुगेपछि विद्युत् उत्पादन पुनः बन्द भएको हो ।

यसअघि गत असार १ गते याङ्ग्री खोलामा आएको बाढीले आयोजनामा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द भएको थियो । करीब डेढ महीनापछि गत बुधवार मात्र सञ्चालनमा आएको उक्त आयोजनाको उत्पादन आइतवार रातिदेखि पुनः बन्द भएको आयोजनाले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया