काठमाडौं- विभिन्न ३ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा निवेदन पेश गरेका छन् ।
रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेका हुन् ।
रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अंकित मूल्य १०० रूपैयाँमा थप ११२ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण सेयर(आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १२ सेबोनमा निवेदन पेश गरेको हो ।
त्यसैगरी, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २ लाख ६६ हजार २ सय ५० कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १३ गते सेबोनमा निवेदन पेश गरेको हो ।
साथै रिभर फल्स पावर लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ लाख ३० हजार कित्ता साधारण सेयर(आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १३ सेबोनमा निवेदन पेश गरेको हो ।
रिलायबल लाइफ इन्स्योरेन्सको साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । उपकार लघुवित्तको साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले गर्नेछ ।
साथै रिभर फल्स पावरको साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया