काठमाडौं, युनियन लाइफको कारोबार खुलेको दोस्रो दिन मंगलबार दिनभरमा जम्मा २३८ कित्ता शेयर मात्र कारोबारमा आएको छ । कारोबारको पहिलो दिन प्रि ओपनिङ्गमा १० कित्ता शेयर कारोबार भएर सुरु भएको कम्पनीको शेयर चार घण्टाको नियमित समयमा थप ७० कित्ता मात्र कारोबारमा आएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका युएल सिम्बोलबाट कम्पनीको शेयर कारोबारमा आएको हा् ।
मंगलबार यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.९८ प्रतिशत बढेर ३९९ पुगेको छ । कारोबारको अन्तिम समय सम्म १९ लाख भन्दा बढी कित्ता शेयर माग भएको कम्पनीको जम्मा २३८ कित्ता शेयर खरिद बिक्री भएको हो।
प्रतिक्रिया