नवलपरासीको बर्दघाट नगरपालिका १२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ (१४ लाख बढी नेपाली रुपैंया) र १८ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा पाल्हिनन्दन गाउँपालिका २ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय समिर खान रहेका छन् । लु.१६ प ३७२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त रकम फेला पारी सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइने जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले जनाएको छ ।
प्रतिक्रिया