काठमाडौं, युनियन लाइफको कारोबार खुलेको पहिलो दिन सोमबार दिनभरमा जम्मा ८० कित्ता शेयर मात्र कारोबारमा आएको छ । प्रि ओपनिङ्गमा १० कित्ता शेयर कारोबार भएर सुरु भएको कम्पनीको शेयर चार घण्टाको नियमित समयमा थप ७० कित्ता मात्र कारोबारमा आएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका युएल सिम्बोलबाट कम्पनीको शेयर कारोबारमा आएको छ । पहिलो दिन यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ६.०८ प्रतिशत बढेर ३६२.८० पुगेको छ । कम्पनीको शेयर मूल्य प्रि ओपन सेसनमा प्रतिकित्ता ३४२ रुपैयाँमा कारोबार खुला भएको थियो ।
जबकि कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम असार ३१ गते गरिएको बाँडफाँडमा ५ लाख ८० हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका थिए । करिब ६ लाख जनाले शेयर पाएपनि ओपनिङ्ग रेञ्ज कम हुँदा शेयर बिक्रीमा कठिनाई देखिएको हो ।
युनियन लाइफको ७० प्रतिशत संस्थापक सहित २ करोड १५ लाख कित्ता शेयर आइतबार सूचीकृत भएको थियो । कम्पनीले पहिलो कारोबारको लागि ११५.१३ देखि ३४५.३९ रुपैयाँसम्म ओपन रेञ्ज पाएको थियो ।
प्रतिक्रिया