मंगलबार पनि हुन सक्ने मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार, कारण के ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबारको स्पेशल प्रि ओपन सेसनमा पनि मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार हुन सकेन। यस दिनपनि कारोबार म्याच नभएपछि सो सेसनमा कारोबार नभएको हो।

स्पेशल प्रि ओपन सेसनमा कारोबार नभएपछि लघुवित्तको शेयर रेगुलर सेसनमा पनि कारोबार हुनेछैन। त्यस अनुसार अब लघुवित्तको शेयर बुधबार पुनः स्पेशल प्रि ओपन सेसन कारोबार खुल्नेछ। सो सेसनमा कारोबार भएमा मात्रै लघुवित्तको शेयर नियमित सेसनमा कारोबार हुनेछ।

नेप्सेले पहिलो कारोबारको लागि लघुवित्तको शेयरलाई प्रति कित्ता न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि ३३२ रुपैयाँ ५२ पैसाको रेञ्ज प्रदान गरेको छ। त्यसको आधारमा पहिलो कारोबार खुल्नेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया