कुमारी इक्विटी फण्डको बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौ, कुमारी इक्विटी फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्ने भएको छ।

फण्डले साउन २५ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यस अनुसार सोभन्दा अघिल्लो दिन अर्थात साउन २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकद्वारा प्रवर्द्धित कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित यस फण्डले आफ्ना इकाईधनीहरुलाई ५ प्रतिशतका दरले हुन आउने ५ करोड रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। कोष व्यवस्थापक कुमारी क्यापिटलको साउन १७ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया