तेह्रथुम पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

४ बर्ष अगाडि

 तेह्रथुम पावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  

कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री खुला गरिरहेको छ । यसले तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँ दरमा ४ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
 
उक्त समयसम्म सबै आइपीओ बिक्री नभएमा भने भदौ २ गतेसम्म बिक्री खुला रहनेछ । तेह्रथुमको आइपीओमा एनआएबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रे

लगानीकर्ताले माछापुच्छ्रे बैंकको हिले शाखा, ग्लोबल आइएमई बैंकको जिरिखिम्ती शाखा तथा नेपाल बंगलादेश बैंकको तेह्रथुम जिल्लामा रहेका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ । यस्तै, तेह्रथुम पावरको जलविद्युत आयोजना स्थलबाट पनि आइपीओका लागि आवेदन दिन सकिनेछ । यस कम्पनीले तेह्रथुम जिल्लामा ७।५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।

यस जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत भने १७ करोड ८८ लाख रुपैयाँ छ । आइपीओबाट प्राप्त हुने रकम तेह्रथुम पावरले निर्माण गरिरहेको अपर खोरुङा स्मल हाइड्रोपावर प्रजेक्टमा लागनी हुने कम्पनीको भनाई छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया