सर्वोत्तमको सेयर खरिद प्रकरण : सत्य तथ्या बाहिर ल्याउन माग

४ बर्ष अगाडि

काठमाडौ - नेपाल धितोपत्र बोर्डको स्वतन्त्र कर्मचारी संगठनले सर्बोत्तम सिमेन्टको संस्थापक शेयर कारोबारको सन्दर्भमा सम्बन्धित निकायले सत्य तथ्या बाहिर ल्याउन अनुरोध गरेको छ ।

बोर्डका पदाधिकारीले नै सर्बोत्तमको शेयर कारोबार गरेको भन्ने खबरहरु सार्वजनिक भएपछि सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायलाई संगठनले आग्रह गरेको हो ।

संगठनले धितोपत्र बजारका सम्बन्धमा संचार माध्यमहरुमा आएका विषयहरुलाई सम्बन्धित निकायबाट विना पूर्वाग्रह सत्य तथ्यमा आधारित भई आवश्यकतानुसार वास्तविकता वाहिर ल्याउन आग्रह गरेको हो । 

संगठनले बोर्डको कार्य बातावरणलाई प्रभावित हुन नदिन बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

साथै बोर्ड र बोर्ड सम्बद्ध निकायहरुसँग जोडिएर आएका विषयहरुमा सत्य तथ्य विवरण आधिकारिक निकायबाट प्रेषित हुने हुँदा पुँजी बजारलाई प्रभाव पार्ने भ्रामक एवम् तथ्यहिन विषय बाहिर प्रकाशन नगर्न संगठनले अपिल गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया