आईपीओ जारी गर्दै मकर जितुमाया सुरी हाइड्रोपावर, बिक्री प्रबन्धक प्रभु क्यापिटल

४ बर्ष अगाडि

काठमाडौं - मकर जितुमाया सुरी हाइड्रोपावरले झण्डै २३ करोड बराबरको आईपीओ जारी गर्ने भएको छ । 

कम्पनीले प्रारम्भिक शेयर निष्काशनका लागि कुल जारी पूँजी ७६ करोड अर्थात ७६ लाख कित्ताको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार कित्ता प्रारम्भिक शेयर निष्काशन गर्ने भएको छ । 

यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।

जसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

श्रावण १८ गते सोमबार भएको सम्झौतामा मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक शेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो ।

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया