काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघले सर्वोत्तमको सेयर खरिद प्रकरणमा चन्द्र ढकालको नाम जोडिनु भ्रामक भएको भन्दै ध्यानाकर्षण गराएको छ ।
सर्वोत्तम सिमेन्ट लिमिटेडको संस्थापक सेयर खरिद सम्बन्धी विषयसँग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा आएका समाचारप्रति महासंघले गम्भिर ध्यानाकर्षण जनाएको हो ।
महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई मिति २०७७ साल मंसिर ३० गते नेपाल धितोपत्र बोर्डको प्रतिनिधि तोकेको र उनको बोर्ड बैठकमा मिति २०७७ साल माघ ११ गतेदेखि मात्र उपस्थिति रहेको महासंघले जानकारी दिएको छ ।
साथै महासंघले ढकाल धितोपत्र बोर्डमा सञ्चालकको रूपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि मिति २०७७ साल मंसिर १४ गते० गरिएको सेयर कारोबारको विषयलाई जोडेर आएका भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भिर आँच पुर्याउने बताउँदै सत्यतथ्य बुझेरमात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया