कक्षा १२ सहित सबै तहको परीक्षा स्थगित

४ बर्ष अगाडि

काठमाडौं - कक्षा १२ सहित सबै तहको परीक्षा स्थगन गरिने भएको छ । 

कोरोना भाइरसको जोखिम बढ्न थालेको भन्दै कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगित गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

परीक्षा स्थगन गरिएपछि आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा भने शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको छ ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट भदौ ९ गतेसम्म हुने भनिएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया