एसिड प्रहार गरी फरार रहेका युवक पक्राउ

४ बर्ष अगाडि

एसिड प्रहार गरेर फरार एक  युवक पक्राउ परेका छन् । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय रोमनराम धामी  काठमाडौंको गौशालाबाट पक्राउ परेका हुन् 

धामीले गत असार २२  गते राती २८ वर्षीया पत्नी सरस्वती बस्नेतलाई प्रहार गर्न खोजेको एसिड लागेर छिमेकी ४३ वर्षीया श्यामकुमारी धामी घाइते भएकी थिइन् । चुरोटको विषमा विवाद हुँदा छिमेकीको शरणमा पुगेकी श्रीमतीलाई रोमनरामले लखेटेर एसिड हान्ने प्रयास गरेका हुन् । छुट्याउन खोज्दा २१ वर्षका सुमनराज धामी र १९ वर्षीय सुजनराज धामी समेत एसिडको छिटा लागेर घाइते भएका थिए ।

एसिड परेर गम्भिर घाइते भएकी श्यामकुमारीको विराटनगर स्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ । आरोपमाथि एसिड आक्रमण विरुद्धको कसुर, कुटपिट र अंगभंग सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको सुनसरीका एसपी सञ्जयसिंह थापाले बताए । पक्राउ परेका धामीलाई सुनसरी लगिएको थापाले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया