१६ बर्षिय वालकद्धारा ८८ बर्षिया बृद्धा वलात्कृत

७ बर्ष अगाडि

गुल्मी–  गुल्मीको छापाहिले गाउँमा  १६ बािर्षय वालकले ८८ बर्षिया बृद्धलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरी आज अदालतमा मुद्धा दायर गरेको  छ । मालिका गाउँपालिका ५ छापाहिलेका  १६ बषिर्य  आलेख  ( नाम परिवर्तन ) ले   सोही गाउँमा एक्लै घरमा बसेकी ८८ बर्षिया बृद्धालाई  सोमवार दिउँसो ११ बजे तिर बलात्कार गरेको आरोपमा प्रहरीले हिजै साँझ पक्राउ गरी जिल्लामा ल्याईएको  प्रहरी प्रमुख एसपी दिपक कुमार बस्नेतले जानकारी दिए ।

 प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काका अनुसार बृद्धा महिलाको  र १६ बर्ष उमेरका वालक  भएकोले आरोपीको नाम समेत गोप्य राखिएको हो ।  निज विरुद्ध जवरजस्ती करणी मुद्धा अदालतमा  दायर गरी ७ दिन म्याद थप समेत गरिसकिएको प्रहरी निरीक्षक खड्काले बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया