भारतमा ४ महिनामा २ खर्ब ७० अर्ब भारुको आइपीओ बिक्री, ७ खर्ब पाइपलाइनमा

४ बर्ष अगाडि

एजेन्सी - भारतमा चालु आर्थिक वर्षको ४ महिना (अप्रिलदेखि जुलाईसम्म) मै आइपीओमार्फत २ खर्ब ७० अर्ब भारतीय रुपैयाँ ९भारु० उठेको छ । यस अवधिमा १२ वटा भारतीय कम्पनीले आइपीओ बिक्री गरी उक्त रकम उठाएका हुन् । 

यस्तै, अझै ४० वटा कम्पनीको ७ खर्ब भारतीय रुपैयाँ बराबरको आइपीओ पाइपलाइनमा रहेको छ । यद्दपि, आर्थिक वर्ष २०२०/२१ भरीमा भने ३० कम्पनीले कुल ३ खर्ब १२ अर्ब ७७ करोड भारुको मात्र आइपीओ बिक्री गरेका थिए । 

चालु वर्ष पाइपलाइनमा रहेकासमेत जोड्ने हो भने झण्डै १० खर्ब भारुको आइपीओ बिक्री हुने देखिन्छ । भारतमा दोस्रो बजारमा बुलिस रन सुरु भएदेखि नै आइपीओ मार्केटमा पनि वृद्धि भएको हो । 

दोस्रो बजार बढ्दा आइपीओ पनि राम्रो भाउमा बिक्री गर्ने अवसर देखेपछि भारतीय कम्पनीहरुले आइपीओ जारी गर्ने क्रम बढेको बताइएको छ । 
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया