काठमाडौं, साताको दोस्रो दिन (सोमबार) कारोबार सुरु भएको करिब २ घण्टासम्म अरुण काबेलीको ३ लाख ८६ हजार बढी शेयर खरिद बिक्री भएको छ ।
सो अवधीसम्म कम्पनीको ३ लाख ८६ हजार ८८३ कित्ता शेयर खरिदबिक्री भएको हो । उक्त शेयर खरिदबिक्री २३ करोड ३१ लाख रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
कम्पनीको शेयरमुल्य ९.०६ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.३७३ पुगेको छ ।
मार्केट डेपमा खरिद कर्ता भन्दा बिक्री कर्ताको चाप उच्च रहेको छ ।
प्रतिक्रिया