काठमाडौं - नेपाल स्टक एक्सचेञ्जमा आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार हुन सकेन । स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच नभएपछि कारोबार हुन नसकेको हो ।
अब आज कम्पनीको सेयर कारोबार हुँदैन । स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र रेगुलर कारोबार खुल्ने प्रावधान छ ।
जस अनुसार अब भोलि फेरि स्पेशल प्रि ओपन सेसनमा कम्पनीको कारोबार खुल्नेछ । सो सेसनमा कारोबार भएमा मात्रै नियमित कारोबार हुनेछ ।
हिजो संस्थाको १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि MKLB सिम्बोल पाएको छ ।
प्रतिक्रिया