प्रि ओपन सेसनमा करिब ७ अंकले बढ्यो नेप्से

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो दिन (सोमबार) नेप्से परिसूचक प्रि ओपन सेसनमा करिब ७ अंकले बढेको छ । 

प्रि ओपन सेसनमा नेप्से परिसूचक ६.९० अंकले बढेर ३०८७.९१विन्दुमा पुगेको हो । उक्त अवधिमा ६८ ओटा कम्पनीको १८ हजार ४१२ कित्ता शेयर खरिदबिक्री हुदाँ रु. १ करोड १६ लाख बराबरको शेयर  कारोबार भएको छ ।

उक्त अवधिमा कारोबारमा आएका ६८ ओटा कम्पनीमध्ये ४६ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यसैगरी १३ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया