नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
तामाङका अनुसार आजको बैठकमा पनि केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन र सांगठनिक गतिविधिलगायतका विषय छलफलका हुने छ । उनले केन्द्रीय विभागहरुले पूर्णता पाउने सम्भावना रहेको बताए । यसअघि माधव नेपाल समूहलाई बाहिर राखेर गठन गरिएका विभागलाई नै पूर्णता दिने तामाङले बताए ।
बैशाख १० गते विघटित १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले विभागीय जिम्मेवारी दिएको थियो । जसमा पूर्वमाओवादी नेताहरु समेतले विभागीय जिम्मेवारी पाएका छन् । आइतबारको बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरे छ । बैठकले काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया