काठमाडौं, मुस्ताङमा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् ।
मुस्ताङको थासाङ गाउँपालिकास्थित गत बिहीबार उनीहरुले १६ र १७ वर्षीया दुई बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा घरपझोङ २ मार्फाका १९ वर्षीय सौगात गोतामे र पूर्वी रुकुम पुथा उत्तरगंगा१ घर भइ घरपझोङ(५ ढुम्बा बस्ने २१ वर्षीय अमित पुनमगर पक्राउ परेका हुन् ।
घटनाको सूचनाका आधारमा प्रहरीले आरोपी दुई युवालाई पक्राउ गरी जिल्ला अदालत मुस्ताङमा पेस गरेको छ । प्रहरीले अदालतबाट १५ दिने म्याद राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
प्रतिक्रिया