कोरोना खोप लगाएको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन निर्देशन, वैदेशिक रोजगारीमा जानेले प्रमाणीकरण गर्न नपर्ने

४ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारी तथा अन्य प्रयोजनको लागि विदेश जानेहरुले कोरोना खोपको प्रमणपत्रको कन्सुलर प्रमाणीकरण गर्न नपर्ने भएको छ । 

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले विज्ञप्ति जारी गर्दै कोरोना खोपको प्रमाणपत्र जारी गर्ने नेपालका अस्पताल, खोप प्रमाणपत्र र हस्ताक्षरको नमुना नेपालस्थित सबै कूटनीतिक नियोग र विदेशस्थित सम्पूर्ण नेपाली नियोगहरुमा पठाई सकिएकोले प्रमाणीकरण गर्न नपरेको विभागले स्पष्ट पारेको हो । 

साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध लगाएको खोपको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै कुनै पनि शुल्क नलिई खोप लगाएको प्रमाणीकरण गरिदिन भनेको हो । 

मन्त्रालयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने निर्णय गरे पनि केही अस्पतालहरूले शुल्क लिइरहेको पाइएपछि त्यसो नगर्न मन्त्रालयले निर्देशन दिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया